१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
अ अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा आज आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथग्रहण गराउँदै संयोजक दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र सङ्घीय व्यवस्थामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएकाले परिवर्तनका पक्षमा सङ्घर्ष गरेका राजनीतिक दलहरूबीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो ।

संयोजक दाहालले भन्नुभयो, “कठिन परिस्थितिको सामना गर्न हिजोका १२ बुँदे सम्झौता गर्नेदेखि संविधासभा र संविधान निर्माण गर्नेसम्म सहकार्य गरेका राजनीतिक दलबीच सहकार्य आवश्यक छ ।”

त्यसका लागि वामपन्थी कम्युनिष्ट शक्तिदेखि नेपाली कांग्रेसलगायत दलहरूबीच सहकार्य जरुरी रहेको उहाँको भनाइ थियो । वामपन्थी कम्युनिष्ट घटकहरूबीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्नुहुँदै संयोजक दाहालले सहकार्यका विषयमा नेकपा (एमाले)सँग पनि प्रयास भइरहेको बताउनुभयो ।

मधेस प्रदेशमा पार्टीलाई मजबुत बनाउन नसकिए पार्टीको पनि भविष्य राम्रो नबन्ने र मुलुकको पनि भविष्य राम्रो नहुने भएकाले आफ्नो पार्टीले मधेस प्रदेशलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संयोजक दाहालले आगामी मङ्सीरमा हुने पार्टीको महाधिवेशनबाट ५० प्रतिशत युवालाई पार्टीको विभिन्न कमिटीमा समेटिने योजना बनाएको बताउनुभयो ।

उविभिन्न वामपन्थी घटकबीचको एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षणमा पार्टी संयोजक दाहालसँगै पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्वले प्रशिक्षण दिनुहुनेछ । आज साँझसम्म चल्ने प्रशिक्षणमा मधेस प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता छन् ।