१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टि कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । 

नेता लिलामणि पोखरेलका अनुसार मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण एक दिन पछि सारिएको हो । बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्ने तयारी छ ।

पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ । सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।