१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार सुरु



अ+ अ-

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । 

कोरोना महामारी र सङक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लिनिक नै सञ्चालन गरेको उहाँले बताउनुभयो ।

अस्पतालले अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९ः०० देखि २ः०० बजेसम्म सञ्चालन गरेको छ । अस्पतालले प्रत्येक बुधबार १०ः०० देखि २ः०० बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न सुरु गरेको छ ।

अस्पतालमा पोष्ट कोभिडका बिरामी बढेपछि बिरामीको चाप बढेको छ । अस्पतालले कोभिड निको भएपछि आउने स्वास्थ्य समस्याको उपचारका लागि पोष्ट कोभिड युनिट पनि सञ्चालनमा ल्याएको मेसु डा गौतमले जानकारी दिनुभयो । भाइरल ज्वरोका बिरामीको सङख्या पनि ह्वात्तै बढेसँगै अस्पतालमा अहिले दैनिक ७५० देखि ८०० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।