२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

विकासका नाममा चुलिँदै सङ्कट

विकासका नाममा चुलिँदै सङ्कट
अ अ+ अ-

गलेश्वर । वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्याङ्कन नगरिकन जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण म्याग्दीमा प्राकृतिक सङ्कट चुलिँदै गएको छ ।

विकासका नाममा प्राविधिक परीक्षणबिना नै जथाभावी खनिएका मोटरबाटोकै कारण वर्षेनी भूस्खलन हुने, पहिरो जाने र मानवीय तथा धन, सम्पत्तिको क्षति हुने क्रम त बढेको छ नै, जिल्लामा गम्भीर प्राकृतिक तथा जैविक समस्या पनि देखिन थालेका छन् ।

विसं २०७२ को महाभूकम्पका कारण चिरा परेर कमजोर बनेको यहाँको भूगोलमा त्यसयता वर्षेनी डोजर र स्काभेटरका माध्यमबाट वन, पाखा, गाउँबस्ती जताततै मोटरबाटो निर्माण गर्ने होडबाजीले प्राकृतिक सम्पदा नास हुँदै गएपछि गम्भीर मानवीय सङ्कट उत्पन्न हुन थालेको छ । जिल्लामा रहेका सामुदायिक वन तथा ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्दै जान थालेका र वन तथा गाउँबस्तीमा रहेका कुवा, धारा, ताल, पोखरी पुरिँदै गएकाले मान्छे र पशु चौपायालाई खानेपानीको समस्या उत्पन्न भएको ग्रामीण क्षेत्रका बासिन्दाले बताएका छन् ।

बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ भकिम्लीको दूधेखोला, सिङ्गा, बाबियाचौर र मङे्गला गाउँपालिकाको अर्मन, बरंजा, धवलागिरि गाउँपालिकाको धारापानी, मुना, मराङ तथा मालिका गाउँपालिकाको बिमलगायतका दर्जनौ गाउँमा रहेका पानीका स्रोत पुरिएका छन् भने ताल र पोखरी पनि सुक्दै जान थालेका छन् ।

“विगत चार वर्षयता यहाँका आठवटा पानीका स्रोत सुकिसकेका छन्, कुवा र पोखरी नामेट भएका छन्, कुवा र पोखरी रहेका ठाउँमा अहिले मोटरबाटो बनेको छ”, बरंजाका कृष्ण सापकोटाले भन्नुभयो, “नजानिँदो गरी गम्भीर मानवीय सङ्कट निम्तिँदै छ ।”

यस्तै समस्या बगरफाँट र खबरागाउँमा पनि छ । गाउँको सिरान, बीच भाग र पुछारबाट खनिएका मोटरबाटोका कारण वर्षेनी पहिरो तथा भूस्खलनको समस्या छँदैछ, त्यसमाथि पानीका मुहान सुक्ने र कुवा तथा पोखरी नास हुँदै गएपछि यी गाउँमा खानेपानीको चरम अभाव उत्पन्न भइरहेको छ । 

“पोखरी तथा तालमा सधैँ एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो”, बगरफाँटका ८५ वर्षीय बेदप्रसाद उपाध्यायले भन्नुभयो, “अहिले पोखरी पुरिँदै गएकाले पशु चौपायालाई पानी खानसमेत समस्या भएको छ, तालका जलचर र वनस्पतिका प्रजातिसमेत नष्ट भएका छन् ।”

डोजरे विकासका कारण जिल्लामा जैविक विविधताका स्रोतसमेत नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताउनुभयो । म्याग्दी नदीमा पाइने विभिन्न माछाका प्रजाति, कालो र पहेँलो रङका भ्यागुता, गङ्गटोलगायतका जलचर प्राणीसमेत देखिन छाडेको उहाँले सुनाउनुभयो ।