१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद लगभग टुंग्याएको छ । मंगलबार तिन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेसंगै पाँच जिल्लाको मात्रै  सार्वजनिक हुन बाँकी रहेको छ । 

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक गरेसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका अनुसार रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न ६४ जिल्लामध्ये करिव ६९ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा दशैंअघि पालिका अधिवेशन सम्पन्न भइसक्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले २१ हिमाली जिल्लामा भने दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ सम्म काठमाडौंमा हुँदैछ ।