२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खड्काको शपथसम्बन्धी रिट ‘हेर्न नभ्याइने’मा



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाइ आज नहुने भएको छ । 

सर्वोच्चले सपथ सम्बन्धी रिटलाई ‘हेर्न नभ्याउने’मा राखेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।

गत ६ असोजमा सर्वोच्चमा अधिवक्ता विशाल न्यौपानेले खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । 

अधिवक्ता न्यौपानेले रिटमा कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको उल्लेख गरेका छन् ।

संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न रिटमा माग गरिएको छ । सो व्यवस्था अनुसार शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अधिवक्ता न्यौपानेले अन्तरिम आदेश माग गरेका छन् ।