२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह

दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह
अ अ+ अ-

भक्तपुर । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् । 

उहाँहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गर्नुभएको हो । 
    
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम उच्च रहेको अवस्थामा दसैँ तथा तिहारमा उपत्यका छाडेर बाहिर जाने र उपत्यका भित्रिनेको भीड रहँदा कोरोनाको जोखिम बढ्ने भएकाले साँगा नाकामा कडाइ गर्न आग्रह गर्नुभयो । उपत्यकाबाट बाहिर जानेले कोरोना सङ्क्रमण गाउँगाउँमा फैलाउन सक्ने र उपत्यका भित्रिनेले कोरोना लिएर आउन सक्ने हुँदा उपत्यकामा महामारी फैलिन नदिन नाकामा कडाइ गर्नुपर्ने उहाँको भनाइ थियो ।  
    
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रहरी प्रशासनले नाका कडाइ गरेर उपत्यकालाई कोरोना महामारीको तेस्रो लहरबाट जोगाउनुपर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले कोरोना यस्तै हो भनेर लापरबाही गर्न नहुनेमा जोड दिँदै आउन सक्ने महामारीको तयारी र नाकामा कडाइलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।
    
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सार्वजनिक यातायातमा यात्रुको भीड लाग्ने गरेको र स्वास्थ्यमापदण्ड लागू नभएकाले कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै यातायात व्यवसायीलाई सचेत गराउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

नेपाली कांग्रेसका प्रतिनिधि राजाराम कार्कीले राजनीतिक दलले भेला गर्ने, जुलुस गर्ने, भाषण गर्न मिल्ने हामीले सामान्य कार्यक्रम गर्न नमिल्ने भन्दै जनताले दलहरुको कार्यक्रमप्रति आक्रोस व्यक्त गरेको बताउनुभयो । उहाँले दसैँको मुखमा बजारमा कालोबजारी बढेको भन्दै अनुगमन कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । 
    
नेपाल मजदूर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले भक्तपुर भित्रिने साँगा नाका कडाइ गर्नुपर्ने र बजारमा व्यापारीले गरेको ठगिलाई अपराधकै मान्यतामा राखेर कारबाही गर्नुपर्ने बताउनुभयो ।
    
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले बजार अनुमगनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले बजार अनुगमन गर्ने तर कारबाही नगर्ने हुँदा अपराध मौलाएको भन्दै कारबाहीको नीति ल्याउनुपर्ने बताउनुभयो ।
    
प्रमुख जिल्ला अधिकारी शर्माले दसैँ लक्षित बजार अनुगमन तीव्र पारिने बताउँदै अनुगमनमा अनियमितता गर्नेलाई कारवाही गर्ने बताउनुभयो । उहाँले चाडबाड लक्षित सुरक्षा व्यवस्थालाई कडाइ पार्ने पनि बताउनुभयो । (रासस)