२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन

हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन
अ अ+ अ-

काठमाडौं । सरकारले मुलुकको हवाई उडान सेवालाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।
     
समितिको सदस्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र सदस्य सचिवमा प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा रहनुभएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।
     
नेपालमा आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीका हवाइजहाज र हेलिकप्टरमा विभिन्न समस्या देखापरेका सन्दर्भमा जहाजको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति बनाइएको हो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको समितिले नेपालमा सञ्चालन हुने वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयले जनाएको छ ।
     
समितिले नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने सम्पूर्ण वायुयानको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी सबै वायुयानको सम्परीक्षण गर्नेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेका बारेमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनकोसमेत पुनरावलोकन गर्ने जिम्मेवारी समितिलाई छ । त्यस्तै वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएका बारेमा पनि समितिले परीक्षण गर्नेछ । 
     
प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव दिनेछ । नेपालको हवाई सेवालाई भरपर्दो र विश्वसनीय बनाई आम नागरिक र पर्यटकको सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व हुन्छ । नेपालमा सञ्चालित हवाइजहाज र हेलिकप्टरमा विभिन्न समयमा समस्या देखिने गरेको छ । यही सोमबार काठमाडौँबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजको ल्यान्डिङ गियरसँग सम्बन्धित समस्याका कारण विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनःकाठमाडौँ फर्काएर सामान्य अवस्थामा अवतरण गराइएको थियो ।