२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

कोरोनाका कारण जितियाको रौनक घट्यो

कोरोनाका कारण जितियाको रौनक घट्यो
अ अ+ अ-

चितवन । थारु समुदायको पर्व जितियाको रौनक कोरोनाका कारण घटेको छ । कोरोनाको त्रासले विगत वर्षहरुमा जस्तो जितिया पर्वमा उत्साह छैन । 
 
पूर्वी चितवनको खैरहनीकी चन्द्रकुमारी चौधरी अहिले कोरोनाका कारण जितिया पर्व घरभित्र सीमित भएर मनाइएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोनाका कारण पहिलेको जस्तो गरी कार्यक्रम गर्न नपाए पनि दिदीबहिनी धर्म संस्कृतिअनुसार मनायौँ ।” जितिया पर्व थारु समुदायमा पुत्र र श्रीमान्को दीर्घायूको कामना गर्दै मनाइने गरिन्छ । यो पर्व तीन दिनसम्म मनाइने गरिन्छ । 

उहाँले भन्नुभयो, “अन्य समुदायका दिदीबहिनीका लागि हरितालिका तीज जति महत्वपूर्ण रहन्छ, त्यतिनै जितिया पनि हो ।” जीतवहानको कथा सुन्न, निराहार व्रत बस्ने, नदी, खोला, तलाउलगायतमा स्नान गर्ने, नाचगान गर्ने, सूर्यलाई अघ्र्य चढाउनेलगायतका कार्य गर्ने रत्ननगरकी राधाकुमारी चौधरी बताउनुहुन्छ ।

विशेष गरी जितियामा झाम्टा नाच्ने, बदाहा गाउनेलगायतका कार्य गरेर दिदीबहिनी रमाउने गर्छन् । थारु समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा विगतमा जितिया विशेष उल्लासका साथ मनाइने गरिएको भए पनि अहिले त्यस्तो उल्लास नदेखिएको उहाँको भनाइ छ । आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु समुदायले यो पर्व मनाउने गरिन्छ ।

कोभिड–१९ का कारण थारु समुदायका महिला खुल्ला तरिकाले झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउन नपाएको पत्रकार सन्तकुमार चौधरीले बताउनुभयो । बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर महिला तथा युवती यो पर्व आ–आफ्नो घरमा सुरक्षित रहेर घरपरिवारमा सीमित भई मनाइरहेका छन् । विगतका वर्षहरुमा बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्ने गरिन्थ्यो । उहाँले भन्नुभयो, “यो वर्ष त्यसो हुन सकेन ।”

जिल्लाको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, भरतपुर महानगरपालिकाको मेघौली र माडीमा थारु समुदायको बाक्लो बसोबास छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । हिजो ९मङ्गलबार० सप्तमीको दिन भएकाले महिला बिहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरी त्सपछि मात्रै खानेकुरा खाएर बस्ने प्रचलन रहेको छ । 

यस्तै आज अष्टमीको दिनमा महिला बिहानै नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ व्रत बसी झम्टा नाँचमा रमाउने गर्छन् । बेलुकीपख व्रतालु फेरि खोलामा गई स्नान गरी कर्कला र केराको पातमा पिना बगाउने चलन छ । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । 

रुखको चारैतिर व्रतालु महिला फलफूल, पानी, दूध, दही, बिहान भिजाएको मास र चामल लिएर बस्छन् । भोलिपल्टअर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराहार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्ने प्रचलन छ ।