१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी रोनाल्डोको गोलमा युनाइटेडको जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई पराजित गरेको छ । 

भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल आफ्नो पक्षमा पारेको हो ।

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी खेलको इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई जित दिलाएका हुन् । 

च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई भंग गरेका रोनाल्डोले खेल सकिनै लाग्दा इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे । 

खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो ।  एलेक्स टेलेसले ६० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए । 

समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित रहेको छ । समूह एफमा एट्लान्टाको ४ अंक रहँदा योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ । यस्तै १ अंक जोडेको भिल्लारियल समूहको पुछारमा छ ।