एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।
जितको लागि १ सय ५० रनको लक्ष्य पछ्याएको बेंगालेरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै जित निकालेको हो ।
बेंगलोरलाई जित दिलाउन ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । उनी ३० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा अविजित रहे ।
यस्तै विकेटकिपर स्रिकर भरतले ३५ बलमा ३ चौका र १ छक्का सहित ४४ रन जोडे । कप्तान विराट कोहली २० बलमा ४ चौका सहित २५ रनमा रन आउट हँदा युवा ओपनर देवदत्त पाडिक्कल १७ बलमा ४ चौका सहित २२ रन जोड्दै पेभिलियन फर्किए ।
राजस्थानका मुस्ताफिजुर रहमानले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।
त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो ।
राजस्थान रोयल्सका ओपनर एविन लेविसले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । यस्तै यशस्वी जैसावलले २२ बलमा ३ चौका र २ छक्का सहित ३१ रन जोडे ।
बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए भने युजभेन्द्र चहल र शहबाज नदिमले २–२ विकेट लिन सफल रहे । यस्तै ड्यानियल क्रिष्टियन र जर्ज ग्रेटनको नाममा १–१ विकेट रह्यो ।