२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

अशक्त नागरिकको घरमै नागरिकता वितरण

अशक्त नागरिकको घरमै नागरिकता वितरण
अ अ+ अ-

खोटाङ । साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई गाउँपालिकाले उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।

गाउँपालिकाले वडा नं २ रतन्छाका ९६ वर्षीय नन्दलाल फुयाँल, वडा नं ४ मात्तिमका २० वर्षीय खगिन दर्जी, वडा नं ३ खिदिमा बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र २५ वर्षीया रामकुमारी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको जनाइएको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा अनुसूची तयार गरेर पठाएपछि प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहबरमा गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो

गाउँपालिकाभित्र रहेका अन्य ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको पहिचान गरेर उनीहरुलाई पनि क्रमशः घरैमा लगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले पाउने नेपाली नागरिकताको प्रमाणपत्र बनाउन आवश्यक कागजात गाउँपालिकामै तयार पारेर आफ्ना प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय दिक्तेल पठाएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र तयार भएपछि प्रशासनकै प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । 

नेपाली नागरिताको प्रमाणपत्र पाएसँगै उनीहरुले बैँकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकताको प्रमाणपत्र विहीन अशक्त र अपाङ्गता भएका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएसँगै ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताउनुभयो । जिल्लाको सबैभन्दा सानो पाँच वडामात्र रहेको उक्त  गाउँपालिकामा गत वर्षदेखि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो ।