२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा
अ अ+ अ-

कास्की । पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । 

क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक÷एक गोल गर्नुभयो । लिगका छ खेल खेलेको क्यासलको १६ अङ्क छ । हालसम्म अङ्क जोड्न नसकेको झरना लिग तालिकाको पुछारमा छ । 

यसैगरी पहिलो खेलमा शङ्खमूल फुटसल लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शङ्खमूलका छ खेलबाट १४ अङ्क छन् । शंखमुलको जितमा विवेक पण्डित, कृजल खड्का, सागर तेन्जेले गोल गर्नुभयो । लुम्बिनीका रुपेन बराइली र रेफ्री महर्जनले गोल गरे पनि टोलीलाई विजयी गराउन सक्नुभएन । लुम्बिनीका छ खेलबाट चार अङ्क रहेका छन् ।

बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्स प्रभातफेरी युथ क्लबलाई ४–३ गोलले हराउँदै तालिकाको छैटौँ स्थानमा यथावत रहन सफल भयो । प्रभातफेरी तालिकाको आठौँ स्थानमा छ । यस्तै ढुकु फुटसल हब सातौँ स्थानमा रहेको छ भने लुम्बिनी फुटसल नवौँ स्थानमा छ । लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीको सहभागिता छ । 

असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।