काठमाडौं । काठमाडौंको बागमती खोला किनारामा एक महिलाको शव फेला परेको छ । नयाँ बानेश्वरको बानेश्वर क्याम्पस नजिकै महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
अर्ध नग्न अवस्थामा गन्हाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ। शव खोलाले बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामा नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।