२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम
अ अ+ अ-

चितवन । उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । 

चितवन मेडिकल कलेजका सञ्चालक ममता शर्मा न्यौपानेको समूहले सत्य साई सङ्गठनमा बाल आश्रम सञ्चालन गर्दै आएको छ । बालबालिका उद्धारकै क्रममा सडकमा भेटिएका अभिभावकलाई उद्धार गरी चितवन मेडिकल कलेजमा निःशुल्क उपचार गर्न थालियो । उपचारपछि कहाँ राख्ने भन्ने समस्या आएपछि आश्रम स्थापना गरिएको न्यौपानेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बच्चालाई बाल आश्रममा राखियो, उपचारपछि अन्यलाई राख्न यो आश्रम खोलेका हौँ, उपचार चितवन मेडिकल कलेजमा निःशुल्क रुपमा गरिँदै आएको छ, औषधि पनि त्यही फार्मेसी सञ्चालन गर्ने सरोज ज्ञवालीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आउनुभएको छ ।” 

सडकमा यसरी भेटिएकामा बढी मात्रामा मानसिक समस्या देखिने गरेको छ । यसका अतिरिक्त विभिन्न खालका रोगव्याधी बोकेर सडकमा पुगेका हुने गर्दछन् । कतिपय सडकमै पुगेपछि अन्य रोगबाट ग्रस्त हुने गर्छन् । आश्रमका अध्यक्षसमेत रहनुभएका न्यौपानेले भन्नुभयो, “एउटै बिरामीलाई तीन महिनासम्म आइसियु र सात महिनासम्म अस्पतालमा राखेर बचाएका छौँ ।” 

भरतपुर महानगरपालिका–९ सङ्गम टोलमा रहेको आश्रममा हाल २९ महिला, आठ पुरुष र एक बच्चा रहेका छन् । यसअघि आश्रम भरतपुर–१२ को आस्थाचोकमा रहेकामा हाल सो ठाउँमा राखिएको हो । विसं २०७२ भदौ २७ गते स्थापना गरिएको यस आश्रमबाट हालसम्म १७० जनाको उद्धार गरिसकिएको छ । न्यौपानेका अनुसार ८७ जनाको पुनःस्थापना गरिएको छ । आश्रममा रहँदै गर्दा ३३ जनाको मृत्यु भएको छ । 

आश्रममा एक सिएमए, एक अनमी, एक व्यवस्थापक र दुई सहयोगी छन् । आश्रितलाई स्वास्थ्य सेवा चाहिरहने हुँदा स्वास्थ्यकर्मी नै राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एक वर्षमा औषधोपचारमा रु ४० लाख हाराहारी खर्च हुँदै आएको छ । त्यसमध्ये रु १० लाख हाराहारी औषधिमा खर्च हुने गर्दछ । 

आश्रम सञ्चालनका लागि मासिक रु दुई लाख ५० हजार हाराहारी खर्च हुने गरेको संस्थाका उपाध्यक्ष विनोद ढकालले बताउनुभयो । उहाँका अनुसार आश्रममा चितवनसहित गोरखा, लमजुङ, तनहुँ, धादिङ, मकवानपुर, नुवाकोट, बागलुङ, पाल्पा, काठमाडौँलगायत जिल्लासम्म पुगेर सहयोगापेक्षीको उद्धार गरी ल्याइएको छ । उहाँले भन्नुभयो, “नितान्त सडकमै बसेका, घर समाज नभएका, मानसिक सन्तुलन गुमाएका र मागेरसमेत खान नसक्ने अवस्थामा पुगेकालाई हामीले उद्धार गरी ल्याएका छौँ ।” 

आश्रम सञ्चालनका लागि समितिका सदस्यले नियमित सहयोग जुटाउँदै आउनुभएको छ । समितिमै रहेकाहरुले मासिक रु ५०० देखि पाँच हजार सङ्कलन गर्दै आएका छन् । जन्मदिन, विवाहउत्सव, पुण्य तिथिसँगै, लायन्स, लियो, रोटरी, टोल सुधार संस्था र व्यावसायिक फर्मले विभिन्न पर्व तथा समय पारेर खाना खुवाउने र दान गर्ने गरेका छन् । उहाँले भन्नुभयो, “दाताहरुकै भरमा आश्रम सञ्चालन गरिरहेका छौँ ।”

संस्थाका कोषाध्यक्ष सरोज ज्ञवालीका अनुसार दिगो सञ्चालनका लागि अक्षयकोष अभियान सञ्चालन गरिएको छ । हालसम्म रु ८० लाख हाराहारी रकम अक्षयकोषमा जम्मा भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबैको साथ र सहयोग रह्यो भने मानवीय पुण्य कार्य सफल हुँदो रहेछ भन्ने देखिएको छ ।” 

भविष्यमा अक्षयकोषको ब्याज रकमबाट नियमित सञ्चालन हुनसक्ने बनाउनका लागि आफूहरु लागिपरेको ज्ञवाली बताउनुहुन्छ । स्थापनाको छ महिना महानगरपालिकाले घर भाडा दिएपछि निजी क्षेत्रबाट मात्रै सहयोग जुट्दै आएको छ । आश्रममा रहेकाको उपचारसँगै उनीहरुको विगतको बेदना सुन्दा जोकोही भावुक हुने गर्दछन् ।