२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी र लिभरपुलको बराबरी, उपाधि होड थप रोमाञ्चक



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

शनिबार राति सिटी अफ म्यान्चेस्टर मैदानमा सम्पन्न खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

‘द रेस अफ द टाइटल’को रुपमा रहेको खेलको अग्रता भने म्यान्चेस्टर सिटीले लिएको थियो । केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलनएका हुन् । १३ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ को बराबरी स्थितीमा ल्याए ।

३६ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै सिटीको अग्रता २–१ बनाए । तर, दोस्रो हाफको सुरुवाती मै अर्थात् ४६ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि दुबै टिमले गोल गर्ने प्रयास गरेपनि थप गोल भने हुन सकेन ।

बराबरीसँगै शीर्ष स्थानमा रहेको सिटीको ३१ खेलबाट ७४ अंक छ भने समान खेल खेलेको लिभरपुल ७३ अंकसहित सिटीलाई पछ्याईरहेको छ । यस बराबरीसँगै प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बन्न पुगेको छ ।