३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
अ+ अ-

काठमाडौं । इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले यही भदौ २ गते ३३ वर्षीया आमाबाट पाँच वर्षीया छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रबन्ध निर्देशक डा अविषेक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासका दृष्टिले यो महत्त्वपूर्ण उपलब्धि हो । विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो । प्रत्यारोपण अघि उहाँको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो ।

करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको डा थापाले बताउनुभयो । भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी पाँच वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गर्नुभएको थियो ।

आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष इ आशिष थापाले नेपालमै निजी अस्पतालबाट बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताउनुभयो ।

“यस्तो जटिल उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यअनुसार अस्पतालले दक्ष जनशक्ति, प्रविधि र पूर्वाधारको विकासमा निरन्तर लगानी गर्दै आएको छ । यस सफलताले नेपालमा बालबालिकाका लागि थप जटिल तथा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने हौसला प्रदान गरेको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै, अस्पतालका प्रबन्ध निर्देशक डा अविषेक थापाले पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण किष्टका लागि मात्र नभई समग्र नेपाली स्वास्थ्य क्षेत्रकै महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले बालबालिकाका जटिल स्वास्थ्य समस्याको उपचारका लागि आवश्यक विशेषज्ञ टोली, अत्याधुनिक पूर्वाधार र समन्वयात्मक उपचार प्रणालीलाई थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँका अनुसार आगामी दिनमा किष्टलाई बालबालिकाका लागि बहुविशेषज्ञ उपचार सेवा उपलब्ध गराउने केन्द्रका रूपमा थप विकास गरिनेछ । बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ । यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ ।

किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

एउटी आमाको त्याग, चिकित्सकको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले पाँच वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ । यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्त्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको अस्पतालका मिडिया कन्सल्टेन्ट राजकुमार सिल्वालले बताउनुभयो ।