३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी र लिभरपुलको बराबरी, उपाधि होड थप रोमाञ्चक



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

शनिबार राति सिटी अफ म्यान्चेस्टर मैदानमा सम्पन्न खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

‘द रेस अफ द टाइटल’को रुपमा रहेको खेलको अग्रता भने म्यान्चेस्टर सिटीले लिएको थियो । केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलनएका हुन् । १३ औं मिनेटमा डिओगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ को बराबरी स्थितीमा ल्याए ।

३६ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै सिटीको अग्रता २–१ बनाए । तर, दोस्रो हाफको सुरुवाती मै अर्थात् ४६ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यसपछि दुबै टिमले गोल गर्ने प्रयास गरेपनि थप गोल भने हुन सकेन ।

बराबरीसँगै शीर्ष स्थानमा रहेको सिटीको ३१ खेलबाट ७४ अंक छ भने समान खेल खेलेको लिभरपुल ७३ अंकसहित सिटीलाई पछ्याईरहेको छ । यस बराबरीसँगै प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बन्न पुगेको छ ।