२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै



अ+ अ-

काठमाडौं । बनेपाको मानन्धर तथा शाक्यहरु ‘गुँला’ पर्व मनाउन व्यस्त देखिएका छन् । यस अवसरमा वाँख्यो दाफा भजनखलःले नौ–बाजासहित विभिन्न बौद्ध, विहार, चैत्य, वहीलगायत तीर्थस्थल परिक्रमा गरिरहेका छन् ।

यसपर्व एक महिनासम्म मनाइने गरिएको छ । बाजागाजा बजाउँदै विभिन्न तीर्थस्थलको परिक्रमा गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । यस पर्वले नेवार समुदायको मौलिक कला, सङ्गीत, बाजागाजा, दाफा संस्कृति र सामाजिक एकताको प्रदर्शनका रुपमा लिइने गरिएको स्थानीय विश्वराम मानन्धरले बताउनुभयो ।

यसपर्वमा बिहानैदेखि परम्परागत बाजागाजाको धुनसँगै धार्मिकस्थलको परिक्रमा गर्ने प्रचलन रहेको छ । परम्परागत पोसाकमा सजिएका बाजागाजा बजाउने कलाकार तथा दाफा–सदस्य समूहमा सहभागी भई सांस्कृतिक धुन प्रस्तुत गर्दा बनेपाका पुराना बस्तीमा पर्वको छुट्टै रौनकता देखिएको पाइन्छ । स्थानीय संस्कृतिकर्मीका अनुसार नयाँ पुस्तालाई सहभागी गराउँदै बाजा बजाउने, भजन गाउने र धार्मिकस्थल परिक्रमा गर्ने अभ्यास गराइनुले मौलिक संस्कृति पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुगेको छ ।

यस पर्वमा विशेषगरी बौद्ध धर्मावलम्बीले भगवान् बुद्धप्रति श्रद्धा प्रकट गर्दै विहार तथा चैत्यको दर्शन गर्ने, दीप प्रज्ज्वलन गर्ने, पूजा तथा प्रार्थना गर्ने र धार्मिक यात्रामा सहभागी हुने गर्दछन् । धार्मिक आस्था र सांस्कृतिक परम्परालाई एकसाथ अघि बढाउने भएकाले यस पर्व नेवार समुदायको मौलिक जीवनशैलीसँग गहिरोसँग जोडिएको पर्वका रुपमा स्थापित गराइएको हो ।

वाँख्यो दाफा भजन खलःले यस पर्वका अवसरमा गर्दै आएको सांस्कृतिक परिक्रमा कार्यक्रमले धार्मिक आस्थासँगै बनेपाको मौलिक सांस्कृतिक पहिचानलाई पनि उजागर गर्दै आएको बताइन्छ । पुस्तान्तरण हस्तान्तरण हुँदै आएको दाफा–भजन, परम्परागत बाजागाजा र सामूहिक धार्मिक–यात्रालाई निरन्तरता दिँदै खलःले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिरहेको छ ।