३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार
अ+ अ-

काठमाडौं । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् ।

विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले बाँकेमा छ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिकटन सागसब्जी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे सागसब्जी बालीका बीउ वितरण गरेको छ ।

भारतबाट आयात हुने सागसब्जीमा भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको सागसब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ । पछिल्लो समय नगदे बालीका रूपमा सागसब्जी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको शर्माले बताउनुभयो ।

बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुर, १७ परसपुर, १९ बसुदेवपुर, २१ पुरैनी र २२ पुरैनाका विभिन्न गाउँमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको नेपालगञ्ज–१९ का अगुवा किसान गोपी यादवले बताउनुभयो ।

“पहिले सागसब्जी बिक्री गर्न टाढाटाढा पुग्नुपथ्र्यो, अहिले खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसान बढ्दै गएका छन्”, उहाँले भन्नुभयो ।

भारतबाट आयात हुने सस्तो सागसब्जीसँग प्रतिस्पर्धा गर्न नसकेका स्थानीय किसानले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेका छन् । भारतबाट आउने सागसब्जीको भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको उत्पादनले बजार पाएको नेपालगञ्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जको रानीतलाउ बजारमा अहिले बाँकेमै उत्पादन भएको सागसब्जी आउने गरेको छ । भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो ।

भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायीले आयात घटाएका छन् । यतिबेला नेपालगञ्जको बजार बाँकेका किसानले व्यावसायिक रूपमा उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा, खुर्सानीलगायत कृषि उपजले धानेको छ ।

आयात घटेपछि आफूहरूले उत्पादन गरेको सागसब्जीले राम्रो मूल्य पाएको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँका किसान जलालुद्दीन बागवानले बताउनुभयो । विगतमा मण्डीमा लैजाँदासमेत सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले बारीबाटै राम्रो मूल्यमा बिक्री भइरहेको उहाँले बताउनुभयो ।