२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य, दीपेन्द्रले बनाए शतक



अ+ अ-

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको दोस्रो तथा अन्तिम एकदिवसीय खेल जारी छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई २७९ रनको लक्ष्य दिएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे । ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पूरा गरे । उनले १४० बलमा ७ चौका प्रहार गर्दै १०५ रनको योगदानी दिए ।

योसँगै उनी एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।

यसैगरी, देव खनालले ८६ बलमा ७२, रोहित पौडेलले ३६ बलमा ३५, भीम सार्कीले १९ बलमा २६ रनको योगदानी दिए । अन्तीम ओभरको स्थितीमा सन्दीप लामिछानेले ९ बलमा २४ रन जोड्दै नेपालको लक्ष्यलाई बढाए । उनले २ चौका र १ छक्कपा प्रहार गरे ।

पीएनजीका लागि अली नाओले ३ विकेट लिए भने नोर्मान भनुआले २ तथा चाड सोपर र चाल्र्स अमिनीले एक–एक विकेट लिए ।