२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले खाना पकाउने ग्यासको अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वयकले ग्यास अभावका कारण सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन नसकेपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत उल्लेख गर्नुभयो । उहाँले यस्तो अवस्था सिर्जना हुनुमा सम्बन्धित मन्त्री र सरकार नैतिक रूपमा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

काठमाडौंलगायत विभिन्न स्थानमा कोठाभाडामा बसेका विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउने ग्यास नपाएपछि सहयोगका लागि सांसदहरूलाई फोन गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी र लापरवाहीप्रति प्रश्न उठाउँदै उहाँले तत्काल ग्यास आपूर्तिको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

‘पानीमा भिज्दै सिलिन्डर बोकेर विद्यार्थी र सर्वसाधारण नागरिकहरू भोकभोकै लाइनमा बस्नुपर्ने अवस्था कहिलेसम्म रहने हो ?’ उहाँले प्रश्न गर्नुभयो ।

सांसद वयकले ग्यास अभावका कारण नागरिकमा निराशा बढ्दै गएको बताउँदै जेन्जी आन्दोलनको आधारमा बनेको वर्तमान सरकारप्रति समेत जनताको असन्तुष्टि बढ्न थालेको दाबी गर्नुभयो । हिजो ‘बोल्न देऊ सरकार’ भन्दै आन्दोलन गर्नेहरू नै अहिले सरकारको नेतृत्वमा पुगेपछि प्रश्न उठाउनेहरूप्रति खबरदारीको भाषा प्रयोग गर्न थालेको उहाँको आरोप थियो ।

उहाँले संविधानले सुनिश्चित गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै व्यक्तिविशेषलाई हेरेर नभई सबै नागरिकका लागि समान रूपमा लागू हुने बताउनुभयो । जनताका अगाडि झुटा अभिव्यक्ति र धम्की टिक्न नसक्ने उहाँको भनाइ थियो ।

यसैबीच सांसद वयकले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कैलालीका विभिन्न स्थानका ३४ जना मैलुङ खोला जलविद्युत् आयोजनाको २१६ नम्बर ड्यामबाट बेपत्ता भएको उल्लेख गर्नुभयो । उहाँले बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गर्नुभयो ।