२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
अ अ+ अ-

काठमाडौँ: भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको कामनासहित काठमाडौंको बौद्धनाथ परिसरमा ११ हजार १ सय ११ दीप प्रज्वलन गरिएको छ ।

नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिन्पा र फाउन्डेसनकी अध्यक्ष तथा संस्थापक चिनियाँ मूलकी जिउमेईले संयुक्त रूपमा मुख्य दीप प्रज्वलन गरेपछि सहभागीहरूले दीपसहित बौद्धनाथ स्तूपको परिक्रमा गर्दै प्रार्थना गरेका थिए।

गेसे जिन्पाले विपद्ले मानिसमा दुःख र क्षति ल्याए पनि एकअर्काप्रतिको करुणा र जिम्मेवारी बोध गराउने धारणा राखे । उनका अनुसार मृतकका लागि प्रार्थना गर्नु मात्र पर्याप्त नभई दुःखलाई सहयोग र सेवामा रूपान्तरण गर्नु नै करुणाको महत्वपूर्ण अभ्यास हो।

कार्यक्रममा राखिएका प्रार्थना कार्डमध्ये एक सहभागीले विपदमा गुमाएका २० भन्दा बढी परिवारका सदस्यको नाम लेखेर उनीहरूको सम्झनामा दीप प्रज्वलन गरेका थिए। उक्त दृश्यले सहभागीहरूलाई भावुक बनाएको थियो।

इनलाइट फाउन्डेसनकी अध्यक्ष जिउमेईले विश्व शान्तिको दीप प्रज्वलन अभियान नेपालबाट सुरु गरिएको बताउँदै नेपालमार्फत संसारले एकअर्कालाई पुनः महशुस गर्न सक्ने वातावरण बनाउने उद्देश्य रहेको बताइन्।

उनले भौतिक सहयोग सीमित भए पनि मानिसको मनमा जागृत हुने करुणा र प्रेम असीमित रहेको बताइन्। उनका अनुसार एउटा हृदयमा उज्यालो बाल्दा अर्को हृदयसँगको सम्बन्ध जोडिन्छ ।

फाउन्डेसनले विपद्बाट प्रभावित समुदायलाई राहत सामग्री, आर्थिक सहयोगलगायतका माध्यमबाट सहयोग जारी राख्ने जनाएको छ। संस्थाले विपदपछिको राहतका लागि अन्तर्राष्ट्रिय रेडक्रसलाई समेत आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

इनलाइट फाउन्डेसन, अमेरिकाको पहलमा हिजो साँझ आयोजित ‘नेपाल ग्लोबल पिस ल्याम्प–लाइटिङ एक्सन’ कार्यक्रममा नेपाल पर्यटन बोर्ड, बौद्धनाथ स्तूप विकास समिति, सञ्चार क्षेत्र तथा नेपाली समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। एक हजारभन्दा बढी स्थानीय, बौद्ध समुदायका प्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व, विदेशी पर्यटक तथा स्वयंसेवक पनि सहभागी थिए।

साँझ पखको वर्षापछि खुलेको आकाशमा अस्ताउँदै गरेको सूर्यको किरणले बौद्धनाथ स्तूपलाई उज्यालो बनाइरहेका बेला दीप प्रज्वलन सुरु गरिएको थियो। स्वयंसेवकहरूले स्तूप परिसरमा दीप, फूल, प्रार्थना कार्ड तथा विभिन्न शान्ति र सद्भावका प्रतीकात्मक आकृति तयार गरेका थिए।

अँध्यारो बढ्दै गएपछि ११ हजार १ सय ११ दीप एकपछि अर्को गर्दै प्रज्वलित हुँदा बौद्धनाथ परिसर दीपको उज्यालोले झिलिमिली बनेको थियो। कार्यक्रममा सहभागी नेपाली तथा विदेशीहरूले विपदमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारको शान्ति र नेपालमा शान्तिको कामना गरेका छन् ।

सोही अवसरमा जिउमेईले ‘हृदय सूत्र’को चिनियाँ सुलेखन कलाकृति नेपाल बौद्ध महासंघलाई हस्तान्तरण गरेकी थिइन्। आयोजकले उक्त कलाकृतिलाई विभिन्न संस्कृति, करुणा, बुद्धिमत्ता र विश्वशान्तिलाई जोड्ने प्रतीकका रूपमा प्रस्तुत गरेको छ।

लुम्बिनीमा पनि दीप प्रज्वलन

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि इनलाइट फाउन्डेसनको टोली र स्थानीय सहभागीहरूले एकै समयमा दीप प्रज्वलन गरेका थिए। बौद्धनाथ र लुम्बिनीमा एकसाथ प्रज्वलित दीपले करुणा, शान्ति र मानव एकताको सन्देश फैलाउने आयोजकको भनाइ छ।

बौद्धनाथमा दीप प्रज्वलनसँगै सुरु भएको अभियानलाई भोलिपल्ट राहत कार्यसँग जोडिएको छ । इनलाइट टोलीले बाढी प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री खरिद गरी आज वितरण गरेको छ । विपदपीडित समुदायको सहयोगका लागि रेडक्रसलाई आर्थिक पीडितप्रतिको सहानुभूतिलाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढ्न सम्पन्न कार्यक्रमले सम्बन्धित परिवारप्रति सहयोग गरेको जनाएको छ।

आयोजकले दीप प्रज्वलनलाई केवल धार्मिक वा सांकेतिक कार्यक्रम नभई पीडितप्रतिको सहानुभूतिलाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ।
‘एउटा हृदयमा उज्यालो बालौँ, संसार उज्यालो पारौँ’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विपदको पीडामा परेका परिवारप्रति ऐक्यबद्धता र मानवीय करुणाको सन्देश दिएको आयोजकको भनाइ छ।