२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त



अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको स्वकीय सचिवमा पत्रकार डेनिस थापामगर नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाका आधारमा संघीय संसद् सचिवालयले आह्वान गरेको विज्ञापनअनुसार थापामगरलाई बुधबार स्वकीय सचिव पदमा नियुक्ति दिइएको हो।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ निवासी थापामगर लामो समयदेखि पत्रकारिता तथा शिक्षण पेसामा सक्रिय रहँदै आएका छन्। उनले सञ्चार क्षेत्रमा रहेर समाचार सम्प्रेषण तथा व्यवस्थापनसँगै शिक्षण क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्। थापामगर सोलुखुम्बुस्थित हिमाल एफएम ९०.२ मेगाहर्जमा व्यवस्थापक (म्यानेजर) का रूपमा समेत कार्यरत थिए। सञ्चार क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका उनलाई खुला प्रतिस्पर्धाबाट सांसद पोखरेलको स्वकीय सचिवमा नियुक्त गरिएको हो।

स्वकीय सचिवका रूपमा थापामगरले सांसद पोखरेलको सचिवालय व्यवस्थापन, समन्वय तथा संसदीय गतिविधिसँग सम्बन्धित जिम्मेवारीमा सहजीकरण गर्नेछन्। पत्रकारिता र शिक्षण पेसाको अनुभव बोकेका थापामगरको संसदीय सचिवालय प्रवेशलाई उनको व्यावसायिक यात्राको नयाँ जिम्मेवारीका रूपमा हेरिएको छ।