२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र



अ+ अ-

काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीका कारण अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौ मसान्तसम्म कृष्णभीरको सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताएका थिए। सोही लक्ष्यअनुसार सडक निर्माणको काम अघि बढाइएको हो।

कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। रातिको समयमा समेत कामलाई निरन्तरता दिन सशस्त्र प्रहरी बल, नेपालले निर्माणस्थलमा फ्लडलाइट जडान गरेको छ। फ्लडलाइटको व्यवस्थापछि दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको छ।

नयाँ ट्रयाक निर्माणसँगै सम्भावित पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै क्षेत्रमा काम भइरहेको छ। पृथ्वी राजमार्गकै अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने कामसमेत समानान्तर रूपमा अघि बढाइएको छ।

भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीका कारण सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसक्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीबीच सडकलाई तत्काल सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो।

त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिक टोलीले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकतामा राखिएको हो।

सरकारले नयाँ ट्रयाक निर्माण, पहिरो नियन्त्रण तथा राजमार्गका अन्य अवरोध हटाउने कामलाई एकसाथ अघि बढाएर भदौ मसान्तसम्म यातायात सेवा सहज बनाउने लक्ष्य लिएको छ।