३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानसँग नेपाली महिला फुटबल टोलीको भलाकुसारी



अ+ अ-

२ असोज, काठमाण्डौ । साफ च्याम्पियनसीप फुटबलमा दोश्रो स्थान प्राप्त गर्न सफल नेपाली महिला फुटबल टोलीले बलिउड अभिनेता शाहरुख खानसँग भेटघाट गरेको छ ।

श्रीलंकाको कोलम्बोबाट नयाँ दिल्ली हुँदै नेपाल फर्किने क्रममा दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा महिला टोली र शाहरुख बीच भेट भएको हो । विमानस्थलमा ट्रान्जिटमा रहेको नेपाली टोलीले संयोगवस शाहरुखसँग भेट गर्न सफल भयो । त्यस क्रममा शाहरुखले नेपाली महिला टोलीलाई शुभकामना दिए ।

शाहरुखलाई विमानस्थलमा देख्ने वित्तिकै नेपाली महिला खेलाडिहरु चिच्याउन थाले । त्यसपछि शाहरुख एक छिन रोकिएर महिला खेलाडीसँग भेट गरी केही तस्वीर समेत खिचे । नेपाली महिला फुटबल खेलाडिहरुले शाहरुख सँग भेट गर्न पाउँदा खुसी लागेको बताए ।