२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

मलाई केटीहरुले ‘प्ले ब्वाय’ बनाए

मलाई केटीहरुले ‘प्ले ब्वाय’ बनाए
अ अ+ अ-

नेपाली लोकदोहोरीमा शंकर वीसी नौलो नाम होईन । आजसम्म १२ सय वढि भिडियो निर्देशन गरिसकेका शंकर अहिले सिनेमाको नृत्य निर्देशनमा पनि जम्ने क्रममा छन् । कोरस हुँदै भिडियोको निर्देशनसम्म आईपुग्दा उनले धेरै संघर्ष गरेका छन् । उनै शंकर बीसीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :

दोहोरी भिडियोको बजार कस्तो छ ?

अहिले अडियो बिक्रि हुँदैन । यसैले पनि सिआरविटीका लागि भिडियो बनाउनुपर्ने अवस्था छ । यही कारणले पनि भिडियो बनाउनेको बजार राम्रो छ ।

तपाईको बजार कस्तो छ त ?

मैले गरेको कामलाई दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसैले आजसम्म १२ सय वटा भिडियो निर्देशन गरेको छु । अडियोको बजार गएपछि भिडियोको बजार अझै राम्रो छ ।

 आफै भिडियो बनाउने आफै खेल्ने, यो त आफ्नो हात जगन्नाथ भने जस्तो भएन र ?

होईन, पहिला म भिडियो निर्देशन मात्र गर्थे । तर सुपारी चाम्रो बोलको गीतमा खेलेपछि दर्शकले राम्रो प्रतिक्रिया दिनुभयो । कम्पनीले पनि भिडियोमा मलाई नै खेल्नु पर्छ भन्नुहुन्छ । यसैले मात्र खेलेको हुँ । १२ सय भिडियो बनाएँ, ६ सयमा म आफै खेलेको छु ।

तपाईले निर्देशन गर्ने अधिकांश भिडियोमा मोडलको रुपमासम्झना वुढाथोकी देखिनुहुन्छ, के लभ अफेयर हो तपाईहरुको ?

हाम्रो बिचमा त्यस्तो कुनै सम्वन्ध छैन । हाम्रो जोडि हिट भएकाले सवैले हामीलाई नै खोज्नुहुन्छ । धेरैले त यि दुई विहे गरेर सागै वस्छन् समेत भन्नुभयो । तर, उनले मलाई दाई भन्छिन । हामी पर्दाको सफल जोडी मात्र हौँ ।

तपाई विवाहित कि अविवाहित ?

विवाहीत हुा । मैले ५५ सालमै विहे गरेको ।

सम्झनासँग मात्र नाच्दा श्रीमतीले के भन्नुहुन्छ, घर झगडा त खुवै पर्छ होला नी हैन ?

यहाँ कान फुक्नेहरु धेरै छन् । सुरु सुरुमा त खुवै अप्ठ्यारो पर्‍यो । पछि उसले पर्दाको जोडि मात्र हो भन्ने वुझेपछि अहिले खासै समस्या छैन ।

आजको सफलतालाई हेर्दा विगतलाई कसरी संझनुहुन्छ ?

मैले नसोचेको सफलता पाएको छु । म कोरस नाच्दै आएको केटा हुँ । आज दर्शकको माया देख्दा आफैलाई सपना जस्तो लाग्छ । मिहिनेत गर्नुपर्छ सफल भईदो रहेछ भन्ने लाग्छ ।

विहेको प्रस्ताव कति आउँछ ?

एकदमै धेरै आउाछन् । आई लभ यु भनेर फोन गर्ने युवतीहरुको संख्या धेरै छ । कतिले त तपाईको फोटो सिरानीमुनी राखेर सुत्छु समेत भन्छन् । यस्तो प्रतिक्रिया नेपाल भन्दा बाहिरबाट धेरै आउाछ । उहाँहरुलाई म विवाहित हुा भनेर सम्झाउाछु ।

गिफ्ट कत्तिको आउाछन ?

धेरै नै, विशेषगरी विदेशबाट । कपडा, चकलेट, मोवाईल आदि आउाछन् ।

सिनेमामा पनि तपाईको माग वढेको हो ?

अहिले माग वढ्दै गएको छ । लगातार २२ वटा गीतमा काम गरे मैले ।

के फरक छ दोहोरी र सिनेमाको कोरीयोग्राफिमा ?

सिनेमामा आजै सक्नुपर्छ भन्ने छैन । धेरै वजेट भएकाले काम गर्न मजाले पाईन्छ ।

पहिलो प्रेम याद छ ?

कक्षा ७ मा पढ्दा मेरो सम्वन्ध एउटीसँग जोडिएको थियो, । तर उनले मलाई मतलव गरिनन् । मैले उनलाई पोष्टकार्ड र चिठि पठाएा तर उनले मतलव गरिनन् । पछि उनको अर्कै केटासाग लभ परेको थाहा पाएँ । पछि म चर्चित भएपछि भेट भएको थियो, उनले मैले केही सोच्न सकिन भनिन् । पश्चतापजस्तै थियो ।

विहे अघि कति केटीसँग लभ गरियो ?

लभको त कुरै नगरौँ । कति भए कति । यादै छैन । एकजनासँग छुट्ने वित्तिकै अर्कोसँग भैहाल्थ्यो ।

यसोभए तपाई त प्ले व्वाई पो हुनुहुँदो रहेछ हैन ?

म प्ले व्वाई हैन । मलाई केटीहरुले नै प्ले व्वाई बनाएका हुन् । म राम्रो नाच्ने भएकाले केटीहरु पछि लागेर हैरान पार्थे । यसैले धेरैसँग लभ गरियो ।

साँचो प्रेम कतिसाग भयो ?

साँचो प्रेम त ५ जना जतिसँग भयो । अरु त बाटोमा आए, एकछिन रमाए अनि गए ।

सेक्सको पहिलो अनुभव कहिले लिनुभयो ?

ठ्याक्कै याद छैन । कलेज पढ्दा जतिवेला म १६ बर्षको थिएा ।

त्यसपछि ?

गाउँघरको लभमा सेक्स हुादैनथ्यो । तर, काठमाण्डौ आएपछि दुई जनाको सहमती मै आधादर्जन जतिसँग सेक्ससम्बन्ध भयो ।

लोकदोहोरी खेलाईदिनु भन्दै कति आउाछन् सेक्स प्रस्ताव ?

आए त्यस्ता प्रस्तावहरु पनि । म तपाईसँग भिडियो खेल्नका लागि जे पनि गर्न तयार हुन्छु भन्नेहरुलाई मैले अस्विकार गरिसकेा । किनकी उनीहरु मेरो करिअर नै वर्वाद गर्नेगरी जासुस भएर पनि आएका हुनसक्छन् जस्तो लाग्यो ।

आफैंले चाहिं दोहोरी खेलाईदिन्छु भन्दै कत्तिलाइ सेक्स प्रस्ताव गर्नुभयो ?

मैले त्यस्तो गरेको छैन् । लोकदोहोरी मा यस्तो हुादैन । एकदिनमै छायांकन सकिने भएकाले पनि हामी त्यस्तो सम्वन्धसम्म पुग्नै पाउादैनौं । सिनेमामा पो ५० दिनसम्मसागै वस्नु पर्ने हुन्छ, यसैले के-के हुन्छ हुन्छ नि ।

देख्ने वित्तिकै सेक्स गर्न मन लाग्ने महिला को हो तपाईको नजरमा ?

ऐश्वर्या राय । मेरो कोठामा उसको ठुलो फोटो थियो । विहान उठ्न वित्तिकै उसको फोटो हेर्थे र विस्तारैबाट किस गर्थे अनि मात्र फ्रेस हुन्थें ।

अहिले कसलाई देखेर हुन्छ सेक्स डिजाएर ?

अहिले सवै कुरा करिना कपुरसँग गर्न मन लाग्छ ।

जिन्दगीमा नसोचेको कोही व्यक्तिसँग भेट भएको छ ?

म पहिला क्यासिनोमा नाच्थो । त्यतिबेला भारतीय नायक गोविन्द आउनुभएको थियो । उहाँलाई भेट्ने मेरो ठुलो सपना थियो । क्यासिनोमा उहाँलाई भेट्दा सपना जस्तो लागेको थियो ।

अवको सपना के छ ?

मेरो एउटै सपना छ, सिनेमाको निर्देशन गर्ने ।

कस्तो सिनेमा बनाउन मन लागेको छ ?

मलाई एकदमै कमेडि सिनेमा बनाउने रहर छ ।