६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख, सलमान र आमिर एउटै कार्यक्रममा



अ+ अ-

भारतको चर्चित टेलीभिजन कार्यक्रम आप की अदालतको २१ बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा बलीउडका तीन सुपरस्टार एकै पटक एउटै मञ्चमा उपस्थीत भएका छन् । यी तीन सुपरस्टार सकेसम्म सँगै कुनैपनि कार्यक्रममा नजाने भएकोले बलीउडमा यो तस्बीरलाई दुर्लभ फोटोको रुपमा चर्चा गरिएको छ ।

कार्यक्रममा विशिष्ट पाहुनाहरुको आतिथ्य रहेको थियो । भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, बाबा रामदेवजस्ता विशिष्ठ व्यक्तिको आगमनले विशेष बनेको उक्त कार्यक्रमलाई बलिउडका तीन खानको संगमले झनै विशेष बनाएको छ ।

यस अघि सलमान खानको बहिनी अर्पिताको बिहेमा यी तीन खान एकसाथ देखापर्नसक्ने अड्कल काटिएको थियो । तर आमिर खान बिहेमा सहभागि हुँदा शाहरुख खान पार्टिमा र सलमान खान अर्कैतिर भएका थिए । यी तीन खानबिच बलीउडमा को अगाडि भन्ने होड चलिरहन्छ । एउटाले अर्कोको रेकर्ड ब्रेक गर्नेगरेका यी तीन खान बलीउडका अत्यन्तै सफल अभिनेतामा गनिन्छन् ।