१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार



अ+ अ-

रसुवा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित जिल्लाका विभिन्न प्रभावित क्षेत्रबाट ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

बाढीपछि हिजोदेखि हाइड्रोपावरको टनेलभित्र ठूलो संख्यामा मानिसहरू फसेको खबर सार्वजनिक भएपछि उनीहरूको अवस्थाबारे व्यापक चिन्ता उत्पन्न भएको थियो। प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र अत्यन्त जोखिमपूर्ण अवस्थाका बीच नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत टनेलभित्र रहेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको हो।

उद्धार कार्य अझै जारी रहेको सेनाले जनाएको छ। टनेलभित्र रहेका १०० जनाभन्दा बढी मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली परिचालन भइरहेको छ।

टनेलभित्रको जटिल तथा जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।

यसैबीच, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा समेत नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको छ। सी क्यू आर टी धुन्चे ब्यारेकबाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा परिचालित १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकु वेशी लगायतका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।

यसरी नेपाली सेनाले २०८३ भदौ ११ गते मात्रै रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरेको हो।

विपद्को अत्यन्त कठिन परिस्थितिमा आफ्नो ज्यानको समेत पर्वाह नगरी नेपाली सेनाका टोलीहरूले उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। सेनाको सक्रियताले बाढीबाट हुन सक्ने थप मानवीय क्षति रोक्न महत्वपूर्ण योगदान पुगेको छ।