११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरसँग बिहीबार टेलिफोन वार्ता गर्नुभएको छ।

वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट गहिरो दुःख तथा समवेदना व्यक्त गर्नुभयो।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो।

उपविदेशमन्त्री हुकरले विपद्को यस कठिन घडीमा नेपाललाई परिस्थितिसँग जुध्न सहयोग गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनुभयो। उपविदेशमन्त्री हुकरले बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धारका लागि सरकारले सञ्चालन गरिरहेको अभियानबारे जानकारी लिनुका साथै बेपत्ता अमेरिकी नागरिकको खोजी तथा उद्धारको अवस्थाबारे समेत चासो राख्नुभयो।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल सरकारले प्रभावित नागरिकको खोज तथा उद्धारका लागि सञ्चालन गरिरहेको कार्यबारे जानकारी गराउनुभयो। उहाँले विपद्का कारण प्रभावित सबैको खोजी, उद्धार तथा राहतका लागि सरकारले उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको बताउनुभयो। परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको तत्परताप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।