१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख, सलमान र आमिर एउटै कार्यक्रममा



अ+ अ-

भारतको चर्चित टेलीभिजन कार्यक्रम आप की अदालतको २१ बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा बलीउडका तीन सुपरस्टार एकै पटक एउटै मञ्चमा उपस्थीत भएका छन् । यी तीन सुपरस्टार सकेसम्म सँगै कुनैपनि कार्यक्रममा नजाने भएकोले बलीउडमा यो तस्बीरलाई दुर्लभ फोटोको रुपमा चर्चा गरिएको छ ।

कार्यक्रममा विशिष्ट पाहुनाहरुको आतिथ्य रहेको थियो । भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, बाबा रामदेवजस्ता विशिष्ठ व्यक्तिको आगमनले विशेष बनेको उक्त कार्यक्रमलाई बलिउडका तीन खानको संगमले झनै विशेष बनाएको छ ।

यस अघि सलमान खानको बहिनी अर्पिताको बिहेमा यी तीन खान एकसाथ देखापर्नसक्ने अड्कल काटिएको थियो । तर आमिर खान बिहेमा सहभागि हुँदा शाहरुख खान पार्टिमा र सलमान खान अर्कैतिर भएका थिए । यी तीन खानबिच बलीउडमा को अगाडि भन्ने होड चलिरहन्छ । एउटाले अर्कोको रेकर्ड ब्रेक गर्नेगरेका यी तीन खान बलीउडका अत्यन्तै सफल अभिनेतामा गनिन्छन् ।