• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

अलोनमा बिपासाको हट एण्ड हरर लुक्स



बलीउड अभिनेत्री बिपासा बसुको आगामी चलचित्र अलोनको पहिलो पोष्टर रिलिज गरिएको छ । पोष्टरमा बिपासाको हट एण्ड हरर लुक्सले यतिबेला धेरैको मन तान्न सफल भएको छ । पोष्टरमा चलचित्रका अभिनेता करण सिंह ग्रोवर बीचमा छने भने उनको दुबै तर्फ बिपासाको दुई रुप (सेक्सी र हरर ) समाबेश छ । बिपासाले यस अघि पनि राज- 3 र क्रीचर 3D जस्ता हरर चलचित्रमा काम गरिसकेकी छिन् ।

चलचित्रको निर्देशन भूषण पटेलले गरेका हुन् । उनले यस अघि रागीनी एमएमएस २ र १९२० एविल रिटन्र्सको निर्देशन गरिसकेका छन् । यी दुबै चलचित्र बोल्ड सिनका कारण चर्चामा थिए । हट चलचित्रका लागि चर्चित निर्देशक र हरर चलचित्रको लागि चर्चित अभिनेत्रीको कक्टेलले दर्शकको मन जित्न सक्ने अड्कल बलीउडका समिक्षकहरुले गरेका छन् ।

यतिबेला बिपासा यसै चलचित्रका को स्टार करणको साथ रिलेशनशिपमा रहेकी छिन् । बिपसा र करणको रिल लाईफ र रियल लाइफ कसरी अगाडि बढ्ने हो त्यो थाहा पाउन केहि समय कुर्नै पर्ने हुन्छ ।