• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

रणबीरले बिहेको डेट फिक्स गर्न कैटरीनाको आमालाई भेट्ने



हाल लिभ इन रिलेशनशिपमा रहेका बलीउड लवबर्ड रणबीर कपूर र कैटरीना कैफ एक दोश्रोको परिवारसँग घुलमिल गर्ने प्रयासमा लागेका छन् । केहि बर्ष अगाडिसम्म बिहेको लागि सहमत नभएका उनीहरुका परिवारहरु अन्तत समय मिलायर यी दुईको बिहे प्रक्रिया टुङ्याइदिने मनस्थीतिमा पुगेको बुझिएको छ । यसै सिलसिलामा रणबीर र कैटरीना नयाँ बर्षको अबशर पारेर लण्डनमा कैटरीनाको आमालाई भेट्न जाने तयारीमा लागेका छन् ।

रणबीर केहि समय कैटरीनाको आमासँग बिताउन चाहेको बताएका छन् । अहिलेसम्म रणबीर र कैटरीनाको आमाको भेट भएको छैन । बिहेको बिषयमा कुरा गर्न पनि रणबीर कैटरीनाको आमालाई भेट्न हतार गरिरहेका छन् । एक सुत्रको अनुशार रणबीर र कैटरीनाको आमाको भेटमा बिहेको डेट पनि फिक्स हुन सक्नेछ । रणबीर कैटरीना दुबै छिट्टै बिहे गर्ने मनस्थीतिमा रहेको बुझिएको छ ।