१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गब्बरको शुटिङ सेटमा आफ्नै फ्यानलाई कुटे अक्षयले



अ+ अ-

चलचित्र हाउसफूलको सेटमा एक बादरलाई, शौकिन्सको सेटमा अनुपम खेरलाई कुटेका बलीउड नायक अक्षय कुमारले हाल फ्लोरमा रहेको चलचित्र गब्बरमा भने एक फ्यानलाई कुटेका छन् । हामीले प्रस्तुत गरेको पहिलो र दोश्रो कुटाई त स्क्रीप्टले मागेर कुटेका थिए भने पछिल्लो कुटाई भने उनको अन्तर मनको माग थियो ।

खबर अनुसार हाल शुटिङको क्रममा रहेको चलचित्र गब्बरको छायांकनको क्रममा उनले आफ्नै फ्यानलाई कुटेका हुन् । ती फनले शुटिङ जोन क्रस गरेर लुक्दै अक्षयको फोटो खिचिरहेका थिए । पटक पटक यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनलाई अक्षयले हातपात गरेका हुन् ।

बलीउडका सेलीब्रेटीले यसरी आफ्नै फ्यान कुटेको यो पहिलो घटना भने होईन । यसअघि अभिनेता सलमान खान, गोविन्दा अभिनेत्री प्रियंका चोपडा, जेनेलीया लगायतले पनि यसरी फ्यानलाई हातपात गरेका थिए ।

अक्षय कुमार र श्रुति हसनको मूख्य अभिनय रहेको चलचित्र गब्बर ३ अप्रिलमा रिलिज हुनेछ । यो तामिल चलचित्र रामन्नाको रिमेक हो ।