११ पुष २०८१, बिहीबार
,
Latest
सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरामा मेलबर्न टेस्टः कोहलीले अस्ट्रेलियाका युवा खेलाडी कन्स्टासलाई धक्का दिए विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? वडाध्यक्ष महतोको निधन दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सेवा दिवसको समापन गरिदै



अ+ अ-

काठमाडौं, २८ मंसिर । संसद सेवा दिवसको आज समापन गरिने भएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर आज विशेष समारोहका बीच समापन गरिने भएको हो ।
सभामुख सुवासचन्द्र नेम्वाङले दिउँसो १ बजे सिंहदरबारमा रहेको पुरानो संसद भवनमा दिवसको समापन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।
संसदमा सहभागी पाँचै दलका सचेतक सहभागी हुने भएका छन् । दिवसको अवसर पारेर आज उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने भएको छ ।
यस्तै कविता वाचन, दौड, हाजिरीजवाफ लगायतको प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कार दिइने भएको छ । नेपालमा ३ वर्ष देखि मंसिर २८ गतेलाई संसद सेवा दिवसको रुपमा मनाउन थालिएको हो । ३ बर्ष अघि संसद सेवा ऐन लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।