१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुल्क वृद्धिको विरोधमा क्याम्पसहरुमा तालाबन्दी



अ+ अ-

कपिलवस्तु, २८ मङ्सिर । शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी सङ्गठनहरुले जिल्लाका सबै क्याम्पसमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् । क्याम्पसले गरेको ५० प्रतिशत भन्दा अधिक शुल्क वृद्धिको विरोधमा जिल्लाका सातवटा क्याम्पसमा एकैसाथ तालाबन्दी गरिएको अनेरास्ववियुका जिल्ला सचिव प्रकाश गौतमले बताए ।
तालाबन्दी अघि विद्यार्थी सङ्गठनले विद्यार्थीको पठनपाठनलाई अवरोध नहुने गरी शुल्क वृद्धि फिर्ताको माग गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए ।
क्याम्पस प्रमुखलाई कालो झन्डा देखाउने, लेखा शाखामा तालाबन्दी, क्याम्पस प्रमुखलाई कार्यकक्ष प्रवेशमा रोकलगायतका दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दा पनि आफूहरुको माग सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका सचिव गौतमले बताए ।
विद्यार्थी सङ्गठनसँग कुनै किसिमको सुझाव माग र समन्वय नगरी एकाएक गरिएको शुल्क वृद्धि फिर्ता नहुन्जेल ताला नखोलिने नेपाल विद्यार्थी सङ्घ कपिलवस्तुका सभापति राकेश पाण्डेले बताए । सभापति पाण्डेले शुल्क वृद्धिको विरोधमा सम्पूर्ण विद्यार्थी एकजुट भई क्याम्पस प्रशासनको विरोधमा उत्रन आह्वानसमेत गरे ।




भर्खरै