७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै
अ+ अ-

–वासुदेव पौडेल

टाडापानी, ११ मङ्सिर -“उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भन्नुभयो ।

“मैले पर्यटकको सहयोगीका रूपमा काम थालेको १४ वर्ष भयो, अहिले ४३ वर्ष पुगेँ” अनुभव सुनाउँदै उहाँले थप्नुभयोे, “झण्डै ३० वर्षको अन्तरालमा चार÷पाँच वर्षयता भने पदयात्राकै लागि धेरै आन्तरिक पर्यटक आउन थालेका छन् ।” पदयात्रा मार्गमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उहाँको भनाइ छ ।

पदमार्ग क्षेत्रमा होटल नहुँदा उनीहरूको खानपिन एवं समान ढुवानी आदि प्रयोजनमा भने ठूलै सङ्ख्यामा नेपाली नागरिक प्रयोग हुन्थे, तर केवल घुमफिर प्रयोजनका लागि भने होइन । पछिल्ला वर्षमा बढ्दै गएको घुमफिर संस्कृतिका कारण नेपाली पनि देशका विभिन्न भागमा घुम्ने क्रम बढेको छ । घुम्नुपर्छ भन्ने भावना विकसित हुँदै गएको पदयात्रा मार्गमा होटल व्यवसाय गर्दै आएका व्यवसायीको अनुभव छ ।

घान्द्रुक–पुनहिल पदमार्गमा पर्ने भैँसीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका हिलसाइड होटलकी सञ्चालिका पवित्रा गुरुङ पछिल्ला वर्षमा विदेशीको तुलनामा धेरै नेपाली पर्यटक पदयात्राका लागि आउने गरेको बताउनुहुन्छ । व्यवसायीले केही वर्षअघिसम्म विदेशी पर्यटकलाई प्राथमिकतामा राख्ने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटकलाई प्राथमिकतामा राखन्े गरेका छन् । काठमाडौँबाट पुनहिलको पदयात्राका लागि आउनुभएका एनसीएम कलेज धोवीघाटका विद्यार्थी विप्लब केसीले पदमार्ग क्षेत्रमा होटल व्यवसायीले राम्रै आतिथ्यता दिएको अनुभव सुनाउनुभयो ।

“होटलमा आन्तरिक पर्यटकलाई गरिने व्यवहार हामीले राम्रै पायौँ”, उहाँले भन्नुभयो । पदमार्ग क्षेत्रमा बिग्रेभत्केका बाटोलाई मर्मत गर्नु आवश्यक देखिएको उहाँको भनाइ छ । ठाउँठाउँमा आउने होटल एवं अन्य जानकारी दिने किसिमका सूचनापाटी राख्नुपर्ने उहाँको सुझाव छ । पदमार्ग क्षेत्रलाई सफा सुग्घर राख्न ठाउँठाउँमा फोहर विसर्जन गर्ने डस्विन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट शुरु हुने पदयात्रामार्गमध्ये भैँसीखर्कको उचाइ दुई हजार ४८० मिटर छ भने त्यहाँबाट माथि टाडापानीको उचाइ दुई हजार ६८० मिटर छ । यहाँ हुँदै तीन हजार २१० मिटरको पुनहिलमा पुगी पर्यटक फर्कने गर्दछन् । नेपालको पर्यटनमा पदयात्रा पर्यटनको आफ्नै विशिष्ट महत्व रहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवं कार्यक्रम अधिकृत प्रदीप गैरेले बताउनुभयो ।

पदयात्रामा बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणलाई कायम राख्न पदमार्गका होटलको स्तरोन्नति, बाटो सुधार आदिमा राज्यको चासो पुग्नु अपरिहार्य भएको उहाँले बताउनुभयो । पदयात्रामा आउने पर्यटकलाई मनोमानी शुल्क लिने प्रवृत्तिको अन्त्य गरिनु अपरिहार्य छ । विश्वको प्रख्यात पर्यटक गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नैपर्ने १० पर्यटकीय गन्तव्यमा घान्द्रुक–पुनहिल पदमार्गलाई राखेका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण पदमार्ग क्षेत्रमा बढेको यहाँका व्यवासायी बताउँछन् । यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस पदयात्रामार्गमा आउने गरेको व्यवसायीले बताए ।

आन्तरिक पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मनी, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेको घान्द्रुकस्थित लामा हेरिटेज रिसोर्टका व्यवस्थापक मुक्ति रानाले बताउनुभयो । रानाका अनुसार दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पदयात्राका लागि आएका छन् । (रासस)