१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल एक्सचेञ्ज मेलासँगै ल्यापटप, क्यामेरा तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा



अ+ अ-

काठमाडाैं, १९ मंसिर । ग्याजेट पारखीहरुले किस्ताबन्दीमा आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा दिने भएको हो ।

मोबाईल एक्सचेञ्जज अफरका साथै एएउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ । ९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने । ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ ।

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।