४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारी

विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारी
अ+ अ-

काठमाडौँ। अध्ययनका लागि विदेश विद्यार्थीलाई उचित परामर्श दिने तथा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

मंगवार राजधानीमा एक कार्यक्रमका बीच इक्यान र एनआरएनबीच एमओयुमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले कोठा, रोजगारी, मानसिक स्वास्थ्यदेखि मृत्यु भएपछि शव नेपाल ल्याउनेसम्मका गम्भीर समस्या भोगिरहेको बताउनु भयो ।

उहाँले विगतमा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या प्रमुख रहेपनि अहिले अध्ययनका लागि जाने विद्यार्थीको समस्या बढ्दो रुपमा रहेको बताउनु भयो ।

विद्यार्थीलाई विदेश पुगेपछि बसोवासका लागि कोठा खोज्ने, रोजगारी खोज्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको उनीहरुको समस्या समस्या समाधान गर्न इक्कयानसँग समझदारी भएको बताउनु भयो ।

अध्यक्ष शर्माले एनआरएनएको ‘रिब्रान्डिङ’ एजेण्डाअन्तर्गत विदेशमा रहेका सबै प्रकारका गैरआवासीय नेपाली नागरिकसँग संस्थालाई जोड्ने लक्ष्य रहेको बताउनु भयो । सोही उद्देश्यअनुसार विद्यार्थीलाई पनि एनआरएनएसँग जोड्दै उनीहरूको समस्या समाधानमा सहकार्य गर्न इक्यानसँग एमओयू गरिएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘पहिले विदेशमा सबैभन्दा धेरै समस्या श्रमिक वर्गको समस्या थियो । अहिले चाँही अध्ययनको लागि जाने विद्यार्थीले धेरै समस्या भोगिरहेको अवस्था छ । हाम्रो राष्ट्रिय समन्वय परिषद्का साथिहरुले सबैभन्दा बढी समस्या झेलिरहेको समस्या विद्यार्थीहरुको समस्या हो । यहाँबाट जाँदाखेरी कोठा खोज्नेदेखि लिएर, काम खोज्ने, मेन्टल हेल्थका इस्युहरु, कतिपय कुरामा त मृत्यु भइसकेपछि लाश ल्याउनेसम्मका कुरामा समस्या सामना गर्नुपरेको स्थिति चाँही छ । त्यसकारण यो एनआरएनएको रिब्राण्डिङको एजेण्डा भनेको बाहिर बसेका सबै प्रकारका गैरआवासीय नेपाली नागरिकहरुसँग यो संस्था जोडिनुपर्छ । त्यसकारण हामीले यो संस्थामा विद्यार्थीहरुलाई पनि जोड्नुपर्ने आवश्यकता छ । उनीहरुको समस्या समाधान गर्ने कुरा त आफ्नो ठाउँमा छँदैछ । उनीहरु भोलिका एनआरएन हुन् भन्ने पनि हामीले बुझिरहेका छौँ । त्यसकारण उनीहरुलाई नेपाली भूमिबाटै जोडिनुपर्छ भनेर हामीले यीनै कुराहरुमा एमाओयु गरेका छौँ ।’

अध्यक्ष शर्माले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी भविष्यका गैरआवासीय नेपालीसमेत भएकाले उनीहरूलाई नेपालबाटै संस्थागत रूपमा जोड्न संस्थासँग जोड्ने  अभियानमा एनआरएनए रहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल