१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडी जाने युवाको शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी, बच्चा जन्माउन के गर्ने ?



अ+ अ-

नेपाललमा गरिएको एक अध्ययान अनुसार विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी हुने देखाएको छ।


बिज्ञहरुको अनुसार त्यहाँको उच्च तापक्रमले यस्तो शुक्रकीटको उत्पादनमा ह्वातै कमि लेर आउने गर्दछ ।

विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । तर डाक्टहरुले खाडि मुलुकमा घुमघामको लागि जाने अन्य नागरिकमा भने यो समस्या ०.०१ रहेको बताएका छन् ।

शुक्रकीट सामान्य अवस्थामा फर्कन करीब ३ महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरु पुनः रोजगारीका लागि फर्कनुपर्ने भैसक्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुनसकेको हुँदैन । उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने डा. सुधा त्रिपाठिले जनाकारी दिएकी छिन् । डा.त्रिपाठिको अनुसार यस विधिद्वारा ओम अस्पतालमा करीब २ हजारले सन्तान जन्माएका छन्।

बच्चा नहुने समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ ।यस बिधीमा श्रीमानको शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान विदेश गैसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ । तर यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन रहेको ओम अस्पातलमा आउने केदारले(नाम परिर्वतन) बताए । उनका अनुसार यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमानको शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ भने यसमा के चासो ?

अरु डाक्टरका अनुसार युवाहरु विवाह गर्नासाथ रोजगारीका लागि विदेश जाने र २ महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुने बताउछन् । छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन नसक्ने समस्या आउने गरेको बताउछन् ।




भर्खरै