१६ भाद्र २०८३, मंगलवार
,
Latest
सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद भइरहेको छः प्रवक्ता खरेल विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग



अ+ अ-

नवलपरासी। गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावितका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले रु ३५ लाख सहयोग प्रदान गर्ने भएको छ ।

भोटेकोशी बाढी तथा पहिरोका कारण भएको मानवीय, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै गैँडाकोट नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बाढी प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार, पुनःनिर्माण र पुनःस्थापनाको कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीको पारिश्रमिक एवम् राहत तथा उद्धार शीर्षकबाट गैँडाकोटले सहयोग गर्न लागेको हो ।

नगरप्रमुख मदनभक्त अधिकारीकाअनुसार नगरपालिकाको जनप्रतिनिधिको सेवासुविधा रकमको १० दिन बराबरले हुन आउने रकम रु पाँच लाख ३९ हजार, नगरपालिकाका कर्मचारीको सात दिन बराबरको पारिश्रमिकले हुन आउने रकम रु २० लाख ७७ हजार तथा बाँकी नगरपालिकाको राहत तथा उद्धार शीर्षकबाट गरी रु ३५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको हो । राज्यमा परेको विपत्तिको समयमा आवश्यक साथ, सहयोग, समन्वय र सहकार्य गर्नु हामी सबैको दायित्व रहेको उहाँले बताउनुभयो ।

अकल्पनीय रूपमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पुग्न गएको जनधनको अपुरणीय क्षतिप्रति गैँडाकोट नगरपालिका स्तब्ध भएको नगरप्रमुख अधिकारीको भनाइ छ । अप्रत्यासित रूपमा आएको प्राकृतिक विपत्तिले थुप्रै नेपालीको जीवनमा परेको बज्रपातले नगरवासीलाई मर्माहत बनाएको उहाँले बताउनुभयो । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको शीघ्र खोजी, उद्धार तथा पुनःस्थापनाका लागि अपिल गरिएको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै