९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह

सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह
अ अ+ अ-

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुङमार्गभित्र फसेका नागरिकको उद्धारका लागि पावरहाउससम्म पुगेर खोजी तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले जलविद्युत आयोजनाका पावरहाउसमा रहेका नागरिकको उद्धारमा विज्ञ परिचालन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले विपद् प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै स्थानीय तहलाई परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो । सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पठाए पनि स्थानीय निकायसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन नसकेको शाहीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले सुरुङभित्र फसेका नागगिरकको अहिले पनि उद्धार गर्न सकेका छैनौँ । जो बाहिर देखिनुभएको छ उहाँहरु बाहिर निस्किसक्नुभएको मान्छे हो । सुरुङ मार्गमा रहेका पावरहाउसमा मान्छे जीवित हुनसक्छन् । त्यै भएको कारण पनि हामीले सरकारलाई के आग्रह गरिरहेका छौँ भने सुरुङमार्गभित्र टनेलमा मात्र छिरेर भएर पावरहाउसम्म पुग्नुपर्यो । त्यसका लागि विज्ञ परिचालन गरौँ भनेका छौँ । अर्को कुरा राहत वितरणको छ । आज हामीले राहत वितरणमा तल्लो निकायलाई प्रयोग गर्न पनि आग्रह गरेका छौँ । यहाँबाट राहत गएको छ । तर प्रभावित क्षेत्रका स्थानीय निकायहरुसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन सक्नुभएको छैन । अहिले देश र विदेशबाट साथी भाईहरुले गरिरहनुभएको सहयोगको लागि पनि धन्यावाद ।’

उहाँले विपद्का बेला देश तथा विदेशबाट सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल