९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद भइरहेको छः प्रवक्ता खरेल

विपद् व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्री साह र सभापति लामिछानेबीच नियमित संवाद भइरहेको छः प्रवक्ता खरेल
अ अ+ अ-

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार र पार्टीबीचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको उहाँको दाबी छ ।

प्रवक्ता खरेलले सरकारले सिमित स्रोत र साधनका बाबजुद १२ हजारभन्दा बढी नागरिकको उद्धार गर्न सफल भएको बताउनु भयो ।

उहाँले राजनीतिक दल, सञ्चारमाध्यम, स्थानीय नागरिक र तीनै तहका सरकारको सहयोगमा विपद्पछिको खोज, उद्धार र राहत वितरणको कार्य भइरहेको समेत बताउनु भयो ।

उहाँले विपद् प्रभावित क्षेत्रमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै राज्यको सम्पूर्ण ध्यान उद्धार, राहत र खोजी कार्यमा केन्द्रित रहेको बताउनु भयो । उहाँले सर्वदलीय बैठकमा दलहरुले उद्धार तथा राहत वितरण प्रक्रियालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई स्पष्ट होस् सरकार र पार्टीबीच असाध्यै सौहार्दपूर्ण, असाध्यै कसिलो र असाध्यै राम्रो सम्बन्ध छ । यो यत्तिकै भन्नका लागि मैले भनेको होइन । पार्टी सभापतिले र सम्माननीय प्रधानमन्त्रीले गर्ने हरेक कामहरुको सन्दर्भमा हरेक दिन उहाँहरु बीचमा कम्युनिकेसन भइरहेको छ । हरेक दिन सरसल्लाह भइरहेको छ । अब कम्युनिकेसन भयो कि भएन भन्नलाई हिजोकै उदाहरण तपाईँहरुलाई काफी छ नि । हिजो नै हाम्रो सम्माननीय प्रधानमन्त्री र पार्टी सभापतिबीच भेटघाट भएको छ । यो समयमा कसरी अजाने, के गर्ने भन्ने विषयमा दुई जनाबीच नियमित रुपमा कुराकानी भइरहेको छ । सबै काम एकैजनाले गर्न सक्दैन । सरकारले मात्र गर्ने भन्दा नि पार्टीले के गर्ने र सरकारले के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीज्यू र सभापतिज्यूबीच निरन्तर रुपमा समन्वय भइरहेको छ । झन्डै १२ हजार विपद् प्रभावित नागरिकहरुलाई उद्धार गरिएको छ । सरकारको नेतृत्वमा, सबै राजनीतिक दलहरुको सहयोगमा, तपाईं मिडियाहरुको सहयोगमा र स्थानीयहरुको चाहने सहयोगमा सबै तवर स्तरका सरकारको सहयोगमा आज करिब १२ हजार मानिसहरु विपद् प्रभावितलाई उद्धार गर्न सकिएको छ ।’

सर्वदलीय बैठकमा तीनै तहमा सर्वदलीय रानजीनितक संयन्त्र बनाई बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य गर्ने सहमति भएको छ । –न्युज एजेन्सी नेपाल