१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने

रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने
अ अ+ अ-

काठमाडौँ। १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको नेताहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रदेश र स्थानीय तहमा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरि राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँकाअनुसार बैठकले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएका छन् ।

नेता पुनले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाएपनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै राहत वितरणको विषयमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताउनु भयो ।

उहाँले विपद्को उद्धार तथा राहतमा निजी क्षेत्रलाई सुरुदेखि नै सहभागी गराउनुपर्नेमा सरकारले त्यस्तो नगराएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको समेत बताउनु भयो ।

उहाँले जलविद्युत आयोजनामा कार्यरत मजदुर उद्धारका क्रममा सम्बन्धित कम्पनीसँग रहेका सुरुङका डिजाइन, ड्रइङ तथा प्राविधिक विशेषज्ञताको उपयोग गर्न सकिने भएपनि निजी क्षेत्रको भुमिका प्रारम्भिक चरणमा प्रभावकारी रूपमा समेटिन समेट्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समग्रमा देश नै विपद्मा परेको बेला हामी सबै एकै ठाउँ उभिनुपर्छ भन्ने नै हामी सबै दलहरूको प्रतिवद्धता रह्यो । एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ तर पुग्नुपर्ने ठाउँमा पुगेको छैन । किनभन्दा त्यहाँनिर स्थानीय तहहरू समन्वयमा छैनन् ।  प्रदेश र स्थानीय तहहरू र त्यहाँका प्रतिनिधिहरू, स्थानीय राजनीतिक दलहरू, त्यसका कार्यकर्ताहरूलाई समन्वय नगरेर फिल्डमा पुग्न सक्ने अवस्था छैन । राहत सामग्री एकतिर बसेको छ, आवश्यक मान्छेहरूकोतिर छ । वितरणको च्यानल बनिरहेको थिएन । त्यहाँ पनि हामी नुवाकोटमा पनि त्यही सुझाव दियौँ । अहिले अलिकति समन्वय भइरहेको छ । आज हामीले विशेष जोड के गर्यौँ भने सबै तहमा राजनीतिक संयन्त्रले काम गर्नुप¥यो । प्रदेश सरकार, जिल्लास्तरका समन्वयहरू र पालिका सरकारहरूलाई त्यहाँको राजनीतिक संयन्त्रले पनि सहयोग गर्ने खालको वातावरण बनाउनुप¥यो र हामी आजको बैठकबाट निर्णय के ग¥यौं भने सबै तहमा संयन्त्र बनाउने, त्यहाँको सरकार, त्यो तहका सरकारहरूसँग समन्वय गरेर राहतका कामहरू, उद्धारका कामहरू, अब बिस्तारै पुनस्स्थापनाका कामहरू सुरू हुन्छ, त्यसमा हामी सँगसँगै काम गर्ने भन्ने हाम्रा प्रतिबद्धता भयो ।’

उहाँले यो विपद्को समयमा सबै राजनीतिक दलहरुबीच हातेमालो गरेर अघि बढ्ने विषयमा समझदारी भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल