९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग सक्रिय

भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग सक्रिय
अ अ+ अ-

काठमाडौँ।  भोटेकोशी बाढीका कारण बाढी प्रभावित विभिन्न जिल्लामा खानेपानी तथा सरसफाईका संरचनामा ठूलो क्षति पुगेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागकाअनुसार बाढी प्रभावित चार जिल्लाहरूमा मात्रै करिव ६४ करोड रुपैयाँ बराबरको भौतिक संरचना र २९ करोड रुपैयाँ बराबरको सरसफाइ संरचना (शौचालय आदि) गरी कुल ९३ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलराज श्रेष्ठले दिनुभएको जानकारी अनुसार नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लाका खानेपानी आयोजनाहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

विभागकाअनुसार धादिङ जिल्लामा त्रिशूली नदी किनारमा रहेका ६५ वटा ‘समवेल’ (इनार) इन्टेक र १११ वटा रिजर्भवाइर ट्याङ्कीमा क्षति पुगेको छ ।

त्यस्तै, रसुवामा १४ वटा इन्टेक र १० वटा रिजर्भवाइर, नुवाकोटमा ११ वटा इन्टेक र ७ वटा रिजर्भवाइर तथा गोरखामा ४ वटा इन्टेक र २४ वटा रिजर्भवाइर ट्याङ्की बाढीले क्षतिग्रस्त बनाएको छ ।

नुवाकोटको विदुर–बट्टार क्षेत्रमा करिव २५ देखि ३० हजार नागरिकको बसोवास रहेको र सो क्षेत्रमा जाने आगन्तुकहरूको चापका कारण खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बनेको महानिर्देशक श्रेष्ठले बताउनु भयो । बेत्रावतीबाट आउने ८० लिटर प्रतिसेकेण्ड क्षमताको मुख्य पाइपलाइन सडकसँगै बगेपछि उक्त क्षेत्रमा खानेपानीको हाहाकार भएको थियो ।

हाल विभागले वैकल्पिक उपाय अपनाउँदै स्थानीय मुहानहरूलाई ग्र्याभिटी र साना पम्पिङ सिस्टममार्फत सञ्चालनमा ल्याएको छ ।

तादी खोला किनारमा रहेको २३ लिटर प्रतिसेकेण्ड क्षमताको समवेललाई १०० केभीएको जेनेरेटरमार्फत दैनिक १० देखि १२ घण्टा सञ्चालन गरी १० लाख लिटरभन्दा बढी पानी आपूर्ति भइरहेको विभागले जनाएको छ । साथै, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट चारवटा ट्याङ्कर पठाई अस्थायी सेल्टर र ठूला बस्तीहरूमा पानी वितरण भइरहेको छ ।

रसुवाका दुर्गम बस्तीहरूमा सडक पहुँच विच्छेद भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत साना साइजका पाइपहरू ढुवानी गरिएको छ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोग फैलिन नदिन विभागले ब्लिचिङ पाउडर, एक्वा ट्याब र क्लोरिन झोल वितरण गर्नुका साथै पानीको गुणस्तर परीक्षणका लागि ‘वाटर एम्बुलेन्स’ परिचालन गरेको छ । महानिर्देशक श्रेष्ठकाअनुसार क्षतिग्रस्त संरचनाहरूको पूर्ण पुनर्निर्माणका लागि करिव डेढ वर्षको समय लाग्ने देखिएको छ ।

उहाँले भन्नुभयो, ‘तत्कालका लागि स्थानीय मुहान र ठूला नदीबाट अस्थायी व्यवस्थापनको कार्य अघि बढाइएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा आगामी एकदेखि डेढ महिनाभित्र प्रभावित क्षेत्रमा खानेपानी आपूर्तिलाई थप सहज बनाइनेछ ।’

गत वर्ष इलाम क्षेत्रमा भएको क्षतिको तुलनामा यस वर्ष एउटै करिडोरमा केन्द्रित भएर ठूलो क्षति भएको र भौगोलिक कठिनताका कारण तत्काल पुनस्र्थापनामा केही जटिलता देखिएको समेत विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल