९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री

सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री
अ अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाउनु भयो । सरकारका मन्त्रीहरु सामाजिक सञ्जालमा प्रचार गर्नमा व्यस्त भएपनि विपद् प्रभावित नागरिकले सरकार आफूसँगै रहेको आभास गर्न नसकेको उहाँको भनाइ छ ।

उहाँले यो विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनले गरेको कामप्रति प्रसंशायोग्य रहेको समेत बताउनु भयो ।

झाँक्रीले जलवायु परिवर्तनका कारण आगामी दिनमा पनि अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका विपद् दोहोरिन सक्ने भन्दै सरकार र नागरिकले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको लागि थप तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सोसियल मिडियामा भयंकर भिजिबिलिटी छ । सोसियल मिडियाको अल्गोरिदमहरु चुनाव जस्तै हाइपमा छ । तर यो सरकारको समर्थकहरु, यसका कार्यकर्ताहरु, यसका नेताहरुले के लेख्दै छन् ।

सोसियल मिडियामा के म्यासेज दिइरा छन् । त्यसले सरकारले कति प्रभावकारी काम गरिरहेको छ भनेर देखिन्छ नि । कोही सांसदहरुलाई बोकेको फोटो हाल्नुभएको छ, कोही सांसदहरु हेलिकप्टर चढेको सेल्फीको फोटो हाल्नुभएको छ, मन्त्रीहरुले त अर्काको फोटोलाई पनि टनेल भित्र सिरेको भन्दै तानि रहनुभएको छ । अरु के नै गर्नुभएको छ र ?’

नेकपा (एमाले)ले प्रदेश तथा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा राहतका कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल