१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन



अ+ अ-

काठमाडौँ। सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए ।

अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल छन् । यस्तै, श्रीलङ्काबाट आठ हजार ७१०, अमेरिकाबाट छ हजार २९३, बङ्गलादेशबाट चार हजार ४८७, बेलायतबाट तीन हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् ।

युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियाना क्षेत्रबाट दुई हजार ५२९ जना आएका छन् । यसैगरी, अमेरिकी क्षेत्रबाट सात हजार ४७३, मध्यपूर्वबाट एक हजार १०, अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन् । रासस




न्यूजपोलारबाट थप समाचार
भर्खरै