१५ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनामा मेस्सीको संन्यासपछि…



अ+ अ-

काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले लियोनेल मेस्सीको संन्यासपछि क्लबको भविष्यलाई ध्यानमा राखेर क्लबले खेलाडीहरू किन्ने काम गरिरहेको बताएका छन् ।

बार्साले अघिल्लो महिना आयाक्सका २१ वर्षीय मिडफील्डर फ्रेन्की डी जोङलाई भित्र्याउने पुष्टि गरेको थियो ।

एकतीस वर्षीय मेस्सीले बार्सिलोनाका लागि खेलेको ६६४ खेलमा ५८१ गोल गरेका छन् ।

‘एक दिन लियोनेलले म संन्यास लिँदैछु भन्नेछन्,’ बार्टोमेउले फूटबल डेली पोडकास्टका पत्रकार गिलेम बलागलाई बताए ।

मेस्सीले क्लबसँग गरेको अहिलेको सम्झौतामा अझै दुई वर्ष बाँकी छ र उनले संन्यास लिने समय बाँकी नै छ ।

तर २५ पटक ला लिगा उपाधि जितेको बार्साले निरन्तर सफलताका लागि नयाँ खेलाडीहरू भित्र्याउने अवसर खोजिरहेको छ ।

‘हामीहरूले क्लबलाई भविष्यका लागि तयार राख्नुपर्नेछ,’ बार्टोमेउले थपे । उनी सन् २०२१ मा क्लबको अध्यक्ष पदबाट हट्दैछन् ।

‘हामीहरू राम्रा जवान खेलाडीहरू टीममा भित्र्याउँदैछौं किनकि हामी सफलताको यो युगलाई निरन्तरता दिन चाहन्छौं । त्यो हाम्रो जिम्मेवारी हो । मेरो कार्यकाल दुई सीजनमा सकिन्छ । त्यसैले मैले क्लबलाई गजबको अवस्थामा छोड्नुपर्ने हुन्छ र नयाँ अध्यक्षले हेर हाम्रो विरासत भन्नुपर्ने हुन्छ ।’

सन् २०१७ मा मेस्सीले बार्सासँग नयाँ सम्झौता गरेर आफ्नो करीयर घरमै सक्ने सपना पूरा गर्न लागेको बताएका थिए ।

मेस्सीले बार्सिलोनामा खेल्दै नौवटा ला लिगा उपाधिका साथै चारवटा च्याम्पियन्स लीग र ६ वटा कोपा डेल रे उपाधि जिताएका छन् ।

बीबीसीबाट




भर्खरै