५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण

डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण
अ+ अ-

काठमाडौँ। अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले व्रह्माण्डका रहस्यमय पक्षहरू–डार्क म्याटर, डार्क इनर्जी र सौर्यमण्डल बाहिरका ग्रहहरूको विस्तृत अध्ययनका लागि आईतवार ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आईतवार बिहान ७ः२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो ।

प्रक्षेपण भएको सात मिनेटपछि म्यारिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले टेलिस्कोपबाट सञ्चार सम्पर्क स्थापित गरी ‘टेलिमेट्री’ तथ्याङ्कहरू प्राप्त गर्न शुरु गरेको थियो ।

नासाकाअनुसार प्रक्षेपणको ३१ मिनेटपछि रकेटबाट अब्जर्भेटरी सफलतापूर्वक अलग भएको थियो । रकेटका बुस्टरहरू पुनः प्रयोगका लागि सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरिसकेका छन् ।

प्रक्षेपणको झन्डै डेढ घण्टापछि टेलिस्कोपको सौर्य प्यानल र सन सेड (घामबाट जोगाउने कवच) सफलतापूर्वक सञ्चालनमा आएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यो टेलिस्कोप आफ्नो निर्धारित कक्षमा पुग्न करिब तीन महिना लाग्नेछ । यस अवधिमा वैज्ञानिकहरूले टेलिस्कोपमा जडान गरिएका उपकरणहरूको प्राविधिक परीक्षण र क्यालिब्रेसन गर्नेछन् । नासाले सन् २०२७ को शुरुवातसम्ममा यो टेलिस्कोपबाट खिचिएका पहिलो तस्बिरहरू सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

यो टेलिस्कोपले दैनिक १.४ टेराबाइट तथ्याङ्क पृथ्वीमा पठाउनेछ, जुन नासाको खगोल विज्ञान मिसनहरूको इतिहासमै हालसम्मकै उच्च दर हो । प्राप्त हुने विशाल तथ्याङ्कको विश्लेषणका लागि मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स र नागरिक वैज्ञानिकहरूको समेत सहयोग लिइने नासाले जनाएको छ ।

यस मिसनले विशेष गरी सौर्यमण्डल बाहिरका ग्रहहरूको खोजी गर्नुका साथै व्रह्माण्डको उत्पत्ति र विकासक्रमसँग जोडिएका जटिल प्रश्नहरूको उत्तर खोज्न मद्दत गर्नेछ ।

नासाको विज्ञान मिसन निर्देशनालयकी सह–प्रशासक निक्की फक्सले यसलाई एक ‘डिस्कभरी मेसिन’ (खोज संयन्त्र) को संज्ञा दिँदै यसले अदृश्य व्रह्माण्डलाई दृश्यमान बनाउन र जीवनको खोजीमा नयाँ युगको शुरुवात गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल