५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
अ+ अ-

बाँके। रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगरवस्ती शोकमा डुबेको छ ।

रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारू अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । दशैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने सपना बोकेका यी युवाहरू क्षतविक्षत अवस्थामा फर्किंदा सिङ्गो बस्ती स्तब्ध बनेको छ ।

बढीमा परेर दुई युवकको निधनले यतिबेला कोहलपुर नगरपालिकाको लोकनगरवस्ती शोकमा डुबेको कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना अधिकारीले बताउनुभयो ।

एक्लो छोरा गुमाउँदा रित्तियो कोख

२८ वर्षीय महेश परिवारका एक्ला छोरा थिए । घरको सम्पूर्ण आर्थिक भार उनकै काँधमा थियो । रसुवामा मिस्त्रीका रूपमा काम गर्ने उनी नियमितजसो घरमा फोन गरेर हालखबर साट्थे । तर, भदौ १० गतेको बाढीपछि उनको फोन सधैँका लागि मौन भयो ।

“सुरुदेखि नै फोन लागेन, लासै भए पनि भेटिन्छ कि भन्ने आशले चितवन पुग्यौँ, छोरो मृत अवस्थामा भेटियो”, महेशका वृद्ध बुबा विश्रामले भन्नुभयो, “बाढीले छोरालाई बगाएपछि बुढेसकालमा साहरा खोसिएको छ ।”

बुबा विश्रामका अनुसार, मृतक महेश रोजगारीको सिलसिलामा २०८३ असार १० गते रसुवा गएका थिए । त्यहाँ उनी गाउँले साथीहरूसँगै एक विद्युत् परियोजनामा काम गर्थे । मिस्त्रीका रूपमा काम गरेर परिवारको सम्पूर्ण आर्थिक भार धानेका थिए महेशको घरमा आठ र दुई वर्षका दुई छोरा, श्रीमती र वृद्ध बुबाआमा हुनुहुन्छ ।

गत वैशाख अन्तिम साता रोजगारीको खोजीमा रसुवा पुगेका कोहलपुर लोकनगरकै २३ वर्षीय कबीरलाल आगामी दशैँमा घर फर्किने योजना बनाएका थिए । भदौ १० गते आएको बाढीले कबीरलाललाई दशैँ पर्खिन दिएन । बाढीपछि भाइको खोजी गर्दै जाँदा चितवनको भरतपुर अस्पतालमा शव फेला परेको दाजु सुग्रीप थारुले बताउनुभयो ।

“भरतपुर अस्पतालमा सयौँ लास थिए, खोजी गर्दा भाइको दायाँ खुट्टा छिनिएको र क्षतविक्षत लास भेटियो”, सुग्रीपले भन्नुभयो, “घरबाट जिउँदो भेट्ने आशा लिएर खोजीमा पुगेका हाम्रो आशा सधैँका लागि समाप्त भयो ।”

महेश र कबीरलालको शव कोहलपुरस्थित शवदाह गृहमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार, कोहलपुरका अझै ११ जना सम्पर्कविहीन भएको विवरण आफन्तहरुले नगरपालिकालाई टिपाएका छन् । नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल रु ५० हजार राहत उपलब्ध गराउने भएको छ ।

बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही रु ५० हजार उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाले बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहको नेतृत्वमा वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायतल, ५ का वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठ र ६ का वडाध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय गर्न खटाएको छ ।

विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरेको छ । राहत तथा उद्धारमा सहयोग पु¥याउन जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो । रासस